अधिकांश आँखा रोगी धामी झाँक्रीकै विश्वासमा

सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराका अधिकांश आँखारोगी झारफुकमा नै विश्वास गर्ने गरेको पाइएको छ ।
चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीको टोलीले गरेको एक सर्वेक्षणअनुसार आँखारोगी अस्पताल जानुको साटो धामी झाँक्री कहाँ जाने गरेको पाइएको हो ।
अप्थाल्मोलोजी विभाग महारागञ्ज मेडिकल क्याम्पस चिकित्साशास्त्रमा अध्ययनरत ब्याचलर अफ अप्टोमेट्री एक्काइसौँ ब्याचका विद्यार्थीहरूले सदरमुकाम चौतारामा तीन सय घरधुरीमा शारीरिक, मानसिक र आँखा स्वास्थ्यको अवस्थाबारे सर्वेक्षण गरेका थिए । एक महिने सो सर्वेक्षणमा उनीहरूले अधिकांशमा उच्च रक्तचापको समस्या भएको तथ्याङ्क पनि सार्वजनिक गरेका छन् ।
सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत द्वितीय सामुदायिक प्रस्तुतीकरण कार्यक्रमका क्रममा उनीहरूले उच्च रक्तचापबाट मुटुमा समस्या उत्पन्न गर्ने सवालमा पनि चौतारावासी अनविज्ञ रहेको खुलासा गरे ।
खासगरी उच्च रक्तचापबाट जोडिएर आउने अन्य रोगका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्नेमा कार्यक्रममा विद्यार्थीहरूले स्थानीय सरकारका प्रमुख, प्रतिनिधि र सरोकारवालाको ध्यानाकर्षित गरे ।
कार्यक्रममा चेवन आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार अधिकांश वडावासीमा दृष्टिदोष, सुक्खा आँखा, छड्के आँखा र अन्धोपनको समस्या रहेको छ । वडावासीका घरघरमा पुगी सवेक्षणसँगै उपचार र उचित परामर्श सेवा प्रदान गरेको विद्यार्थी चिरञ्जीवी शाहले जानकारी दिए ।
चिकित्साशास्त्रमा अध्ययनरत १० जनाको टोलीले श्रीकृष्ण रत्नगंगा माविमा आँखा स्क्रिनिङ सेवा र वडा नं ५ को कार्यालयमा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो ।
प्रस्तुतीकरण कार्यक्रममा उपप्रमुख सीता थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताको अपेक्षा व्यक्त गरे । वडाध्यक्ष शिव श्रेष्ठले सर्वेक्षण मात्र नभई स्थानीय जनताको स्वास्थ्य परीक्षण र उपचार गरेकामा विद्यार्थीलाई धन्यवाद दिए ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ र विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँको समन्वयमा एक महिनाअघिदेखि समुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया