प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएके थियो ।
तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।
गत आइतबार सुनको मूल्यले कीर्तिमान रेकर्ड कायम राख्न सफल भएको थियो ।सो दिन सुनको मूल्य तोला २ हजार ९०० रुपैयाँ बढेको थियो । उक्त दिनको कारोबारमा सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार ८०० रुपैयाँ बढेको छ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भएकोमा शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
















नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया