‘सङ्ग्राम बहादुर सार्की’ पुस्तक विमोचन
काठमाडौँ । कथाकार खगेन्द्र सङ्ग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भुपाल राई, लेखक खगेन्द्र सङ्ग्रौला, साहित्यकार युग पाठक र सामाजिक अभियन्ता सरिता परियारद्वारा संयुक्त रूपमा उक्त पुस्तकको विमोचन भएको हो ।
पुस्तकमा विसं २०२७ देखि २०५० सम्म लेखिएका आठ कथाहरूको सङ्ग्रह समावेश गरिएको छ । नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यर्थाथ चित्रण कथाहरूमा समावेश गरिएको लेखक सङ्ग्रौलाले बताए ।
कथामा समावेश गरिएका समाज, राज्य व्यवस्था, संस्कृतिले ल्याएको दलितमाथि प्रयोग हुने अपमान शब्दहरू, पात्र, विषय प्रत्यक्ष रूपमा देखिएका र अनुभव गरेको विषयवस्तुलाई समावेश गरिएको उनले जानकारी दिए ।
समारोहमा प्रतिष्ठानका कुलपति राईले कथा आवाजविहीनहरूको आवाज रहेको बताए । उनले भने, “दलितमाथि गरेको ज्यादति लेखकका कथामा रहेको छ । कथाबाट नेपाली समाजमा दलितले भोगेको पीडा उत्पीडनलाई उल्था गरेको छ । उनीहरूमाथि गरेको विभेद असह्य रहेकाले पुस्तकले त्यो अन्यायको अन्त्य गर्नु पर्ने आवश्यक छ ।”
लेखकले दलितमाथि लेखिएका आठ कथाभित्रका दलित महिलाविरुद्धको यौन शोषण, दलितले जीवन जिउनका लागि गरेको सङ्घर्ष, दमन, उत्पीडन, पीडा, दलितले दलित महिलालाई गर्ने व्यवहारलाई लेखकले न्यायसङ्गत रूपमा कथामा समेटेको अभियन्ता परियारले बताए ।
साहित्यकार युग पाठकले जात अनुकूल शक्ति संरचना बनाई दलितको आत्मसम्मानमा विगतमा आँच पुर्याएको तीतो यर्थाथतालाई कथामा समावेश गरिएको बताए । कथाका पात्र, चरित्रले नेपाली समाजको यथार्थ प्रतिविम्ब गरेको उनको भनाइ छ ।









धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया