अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुन आवश्यक छ : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन् ।
शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सरकार, संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन् ।
‘राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र आर्थिक कारोबारमा एकतर्फी ढङ्गबाट ब्याज वृद्धि गर्ने र देशको संकट सामना गर्न नीति क्षेत्रलाई उत्साहित र प्रोसाहित गर्न नपुगी रहेको वर्तमान परिस्थितिलाई चाडै अन्त्य गर्न सरकार, संसद, सांसद र नीजि क्षेत्रको भूमिका एक ठाउँ ल्याउन आवश्यक छ,’ उनले भने, ‘व्यवसायीहरूको आन्दोलनभन्दा पनि रचनात्मक रुपमा समाधानको लागि भूमिका खेल्न आवश्यक छ ।’
उनले व्यवसायीहरूलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नु पर्ने भन्दै त्यस्तो काम हुन नसकेको बताए । उनले यस्तो अवस्थामा एकतर्फी रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताएका थिए ।
















६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया