कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

काठमाडौँ । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ ।
लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरू लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक पनि पाउन सकेका थिएनन् ।
मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । ‘कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं,’ मन्त्री पन्थीले भने ।
कोरोना कालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिक समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरूले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजङग क्षेत्रीले बताए ।
लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोरोना कालमा सेवारत स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।
कोरोना कालमा सेवा गर्ने २२ जना मेडिकल अफिसर, एक सय ११ जना स्टाफ नर्स, छ जना ल्याब टेक्निसियन, तीन जना रेडियोग्राफर, दुई जना एनेस्थेटिक, दुई जना अहेब, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, एक जना वायोमेडिकल टेक्निसियन, एक जना प्लम्बर र एकजना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।
यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकको पारिश्रमिक निकासा गर्ने निर्णय पनि भएको उनले बताए ।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया