शुक्रबार, वैशाख ४, २०८३

तीन स्रष्टालाई वासु शशी सम्मान

मेरोन्यूज २०७९ चैत १४ गते ७:५१

काठमाडौ । वासु शशी स्मृति परिषद्ले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८७ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले वरिष्ठ साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको ‘वासु शशी साहित्य सम्मान’ प्रदान गरे।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यसैगरी कवि श्यामललाई २५ हजार नगदसहित २०७९ सालको ‘वासु शशी साहित्य पुरस्कार’ र वासु शशीका नाटकमा नाट्यतत्वु शीर्षकमा विद्यावारिधि गरेका अनुसन्धानकर्ता डा. गोपीकृष्ण खतिवडालाई २१ हजार नगदसहित ‘वासु शशी शोध पुरस्कार’ प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि दिवसले समाजसेवी तथा साहित्यकार रमेश रेग्मीको तेस्रो कृति ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रह लोकार्पण गरेका थिए । प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष गणेश रसिक र सम्मानितहरु हिरण्य भोजपुरे, पुरस्कृतहरु श्यामल र डा. खतिवडाले आआफ्नो मन्तव्य राखेका थिए ।

सम्मानित व्यक्तित्व भोजपुरे विगत छ दशकदेखि कविता, गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन । उनको डेढ दर्जन साहित्यिक पुस्तक प्रकाशित छन् । विगत तीन दशकदेखि सक्रिय साहित्यकार श्यामलको आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया