शुक्रबार, चैत १३, २०८२

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्न पायो अनुमति

मेरोन्यूज २०७९ चैत १४ गते १०:४९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न चैत ५ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्नेछ ।

प्रतिक्रिया