थ्री नेसन्स कपमा उपाधिका लागि नेपाल र लाओस भिड्दै

काठमाडौ । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा आयोजक नेपाल र लाओसबीच दशरथ रंगशालामा आज साँझ साँढे पाँच बजे सुरू हुँदैछ ।
वरियतामा लाओस नेपालभन्दा १२ स्थान तल छ । नेपाल फिफा वरियताको १७५औं स्थानमा रहँदा लाओस १८७औं स्थानमा छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध राम्रो खेलेपनि गोल गर्न नसकेको लाओसले दोस्रो खेलमा भुटानलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसँग संघर्षपूर्ण बराबरी खेल्दा लाओसले फाइनल यात्रा तय तरेको थियो ।
अनौपचारिक नै भएपनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको लाओस आजको खेलमा नेपाललाई बलियो चुनौती पेस गर्ने लक्ष्यमा छ ।
चैत ८ देखि सुरू भएको प्रतियोगितामा नेपाल र लाओससँग भुटानको सहभागिता रहेको थियो । सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा जितविहीन रहँदै भुटान बाहिरिएको थियो ।
भने, नेपाल पहिलो खेलमा लाओसलाई २–० गोलको नतिजामा पराजित गर्दै र दोस्रोमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो । लाओस भुटानलाई २–१ गोलको नतिजामा पराजित गर्दै फाइनल पुगेको थियो ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । भने, उपविजेताले ३ हजार डलर पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया