शुक्रबार, चैत १३, २०८२

भारतबाट घटेर पेट्रोलियम पदार्थको मूल्य

मेरोन्यूज २०७९ चैत १८ गते १५:४५

काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसीले)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ छ । योसँगै डिजेलको खरिद मूल्य प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद मूल्य प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।

भारतबाट आएको नयाँ मूल्यअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको छ ।

यस्तै, खाना पकाउने एलपी ग्याँसको मूल्य पनि घटेर आएको छ । नयाँ मूल्यअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ९६ रुपैयाँ घटेर आएको हो ।

प्रतिक्रिया