आइपिएलमा लखनऊले दिल्लीलाई ५० रनले हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ ।
लखनऊको अटल बिहारी वाजपेयी क्रिकेट रंगशालामा लखनऊले दिएको १९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो।
दिल्लीका लागि कप्तान डेभिड वार्नरले अर्धशतक प्रहार गरे । उनले ४८ बलमा ७ चौकाको मद्दतमा ५६ रन बनाए।
त्यस्तै रिली रस्सोले ३०, अक्छर पटेलले १६ र पृथ्वी शले १० रन बनाए । दिल्लीका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दिल्लीलाई सस्तोमै समेट्न लखनऊका मार्क उडले सर्वाधिक पाँच विकेट लिए। उनले ओपनर पृथ्वी श, मिचेल सार्स, सर्फराज खान, अक्षर पटेल र चेतन सकारियालाई आउट गरे।
त्यस्तै आवेश खान र रवी बिस्नोइले दुई–दुई विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो।
लखनऊका लागि ओपनर कायल मेयर्सले ७३ रन बनाए। ५३ बल खेलेका कायलले ७ छक्का र २ चौका प्रहार गरे।
२१ बल खेलेका निकोलस पुरनले ३ छक्का र २ चौका प्रहार गर्दै ३६ रन बनाए। ७ बलमात्रै खेलेका आयुष बदोनीले १८ रन बनाए। जितसँगै दुई अंक जोड्दै लखनऊ लिगको शीर्ष स्थानमा छ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया