शुक्रबार, चैत १३, २०८२

आजकाे विदेशी मुद्रा विनिमयदर

मेरोन्यूज २०७९ चैत २० गते १०:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ।

त्यसैगरी, सोमबार अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया