मानव अंगदानलाई प्रोत्साहन गर्नु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् ।
पार्टी निकट युवा संघ नेपालले आलोक नगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरे ।
हामीसँग भएका कुनै पनि अंग तथा वस्तु दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गरे ।
उनले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नेपालले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
युवावर्ग सामाजिक कार्यमा क्रियाशील हुनु पर्छ भन्ने सन्देश प्रवाह गर्न कम्युनिष्ट आन्दोलनका अन्तर्राष्ट्रिय तहका तत्कालीन नेता स्टालिनको स्मृतिमा रक्तदान गरिएको युवा संघ नेपालका नेता तीर्थलाल श्रेष्ठले जानकारी दिए ।
















थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया