मानव अंगदानलाई प्रोत्साहन गर्नु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नु पर्ने बताएका छन् ।
पार्टी निकट युवा संघ नेपालले आलोक नगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरे ।
हामीसँग भएका कुनै पनि अंग तथा वस्तु दानबाट अरुको कल्याण हुन्छ भने त्यस्ता कुरामा युवालाई प्रोत्साहन गर्नु पर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाको सराहना गरे ।
उनले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै सम्बन्धित बिरामीका लागि यो प्राणवायु जस्तै महत्वपूर्ण हुने बताए । अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष नेपालले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
युवावर्ग सामाजिक कार्यमा क्रियाशील हुनु पर्छ भन्ने सन्देश प्रवाह गर्न कम्युनिष्ट आन्दोलनका अन्तर्राष्ट्रिय तहका तत्कालीन नेता स्टालिनको स्मृतिमा रक्तदान गरिएको युवा संघ नेपालका नेता तीर्थलाल श्रेष्ठले जानकारी दिए ।
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिँदै
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
साइबर ब्युरोले किन बोलायो स्वागत नेपाललाई ?
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया