आइतबार, मंसिर ७, २०८२

अम्बानीको पार्टीमा सलमान ब्याकग्राउन्ड डान्सर बनेपछि प्रयोगकर्ताले भने- यो हो पैसाको तागत

मेरोन्यूज २०७९ चैत २२ गते १३:०४

वलिउड अभिनेता सलमान खानको एक भिडियो यसबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी उद्योगपति मुकेश अम्बानीले आयोजना गरेको कार्यक्रममा ब्याकग्राउन्ड डान्सरको रुपमा नाचिरहेका छन् । यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताले उनलाई ट्रोल गरिरहेका छन् ।

वास्तवमा सलमानको यो भिडियो मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको संगीत समारोहको हो । भिडियोमा अनन्त अम्बानीले शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ को गीत ‘कोई मिल गया’ मा गितार हातमा लिएर स्टेजमा प्रस्तुति दिइरहेका छन् । यसै क्रममा उनकी मंगेतर राधिका मर्चेन्ट पनि अनन्तसँग मिल्छिन् । सोही क्रममा नीलो सूट लगाएका सलमान उनीहरुको पछाडि भुइँमा नाचिरहेको देखिन्छ ।

यो हेरेपछि धेरैले उनको ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो पैसाको शक्ति हो, पैसा भए तपाईले जसलाई पनि आफ्नो धुनमा नाचाउन सक्नुहुन्छ’ । अर्काले लेख्छन्, ‘पैसाको लागि जे पनि गर्न सकिन्छ’। केहिले भने उनको सर्मथनमा पनि कमेन्ट गरिरहेका छन् ।

सलमानको बहुप्रतिक्षित फिल्म ‘किसी का भाइ किसी की जान’ इदको अवसरमा अर्थात २१ अप्रिल २०२३ मा सिनेमाघरमा रिलिज हुँदैछ। यस फिल्ममा सलमानको अपोजिटमा पूजा हेगडे देखिनेछिन् । फिल्ममा शहनाज गिल, पलक तिवारी, सिद्धार्थ निगम, जस्सी गिल र राघव जुयालको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया