आइएमई जनरलको विशेष साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लैनचौर बैङक्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो । विशेष साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा जानकारी दिए ।
सभामा अध्यक्ष ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारण सभामार्फत अनुमोदन भएको जनाए ।
त्यस्तै, अध्यक्ष ढकालले दुवै कम्पनीको गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डिडिए रिपोर्ट समेतको आधारमा शेयर अनुपात क्रमश १ः१ कायम गरी दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने र कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी गराए ।
नेपालमा रहेका २ उत्कृस्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृस्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अरब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अर्ब हुने जानकारी समेत गराए ।
त्यसैगरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीेको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने जनाएको छ । संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ ।
गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ । जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्नेरगाभिने ९मर्जर० कार्यले आगामी दिनमा शेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने कम्पनीले जनाएको छ ।
प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवम अन्य नियमन निकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये उत्कृस्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने जनाएको छ ।
त्यसै गरी अध्यक्ष ढकालले यस विशेष अवसरमा दुवै कम्पनीका मर्जर कमिटिका संयोजक, शेयरधनीमहानुभाव, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियामकारी, बैँक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु लगायत कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।















प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
Slight fall in gold, silver prices
दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया