‘बिहे पास’को शीर्ष गीत सार्वजनिक
मेरोन्यूज
२०७९ चैत २४ गते १७:०६

काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘बिहे पास’को गीत सावजनिक भएको छ । फिल्मको ‘मायाको बिहे पास।।’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । त्यस्तै, फिल्मका कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्ममा दयाहाङ र प्रकृतिको अलावा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय छ ।
फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् भने निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । फिल्मले यसअघि ‘खाली छैन मेरो मुटु’नामक गीत सार्वजनिक गरेको थियो । उक्त गीतले दर्शकमाझ निकै लाकप्रियता बटुलेको थियो ।
सम्बन्धित









कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया