‘बिहे पास’को शीर्ष गीत सार्वजनिक
मेरोन्यूज
२०७९ चैत २४ गते १७:०६

काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘बिहे पास’को गीत सावजनिक भएको छ । फिल्मको ‘मायाको बिहे पास।।’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा प्रताप दासको स्वर, विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । त्यस्तै, फिल्मका कलाकार दयाहाङ राई र प्रकृति श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्ममा दयाहाङ र प्रकृतिको अलावा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय छ ।
फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् भने निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । फिल्मले यसअघि ‘खाली छैन मेरो मुटु’नामक गीत सार्वजनिक गरेको थियो । उक्त गीतले दर्शकमाझ निकै लाकप्रियता बटुलेको थियो ।
सम्बन्धित
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया