सोमबार, मंसिर १५, २०८२

हैदरावादलाई हराउँदै लखनऊ शीर्ष स्थानमा

मेरोन्यूज २०७९ चैत २५ गते ८:२८


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराईजर्स हैदरावादलाई पाँच विकेटले हराउँदै लखनऊ सुपरजायन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ

घरलु मैदानमा १२२ रनको सामान्य लक्ष्य लखनऊले १६ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गरेको थियो।

लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए । यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । छक्का प्रहार गर्दै जित पक्का गरेका निकोलस पुरनले ६ बलमा अविजित १० रन बनाए । मराकुस स्टोइनिसले पनि अविजित १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो।

हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। ओपनर अनमोलप्रीत सिंहले ३१ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै अब्दुल समादले अविजित २१ रन बनाए।

बलिङतर्फ लखनऊका लागि कुर्नाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। त्यस्तै अमित मिश्राले २ विकेट लिँदा यस ठाकुर र रवि विसोइले एक–एक विकेट लिए।

प्रतिक्रिया