सोमबार, मंसिर ८, २०८२

सलमानलाई आयाे ३० अप्रिलमा मार्ने धम्की

मेरोन्यूज २०७९ चैत २८ गते १४:२९

काठमाडौं । अभिनेता सलमान खानलाई धम्की आउने क्रम रोकिएको छैन । पछिल्लो दिन फेरि एकपटक उनलाई धम्की आएको छ ।

प्रहरीका अनुसार सोमबार राति ९ बजे मुम्बई प्रहरीको कन्ट्रोल रुममा फोन आयो । फोन गर्नेले अप्रिल ३० गते सलमान खानलाई मार्ने बताएका थिए । फोन गर्ने व्यक्तिले आफूलाई रकी भाइ भनेर चिनाए र आफू जोधपुरका गाई रक्षक भएको बताएकाे प्रहरीकाे भनाइ छ ।

त्यसयता प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र अहिले आरोपीलाई पक्राउ गरेको बताएको छ । धम्की दिने फोन गर्ने व्यक्ति नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले किन यस्तो गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया