शुक्रबार, चैत १३, २०८२

एक महिनामै भित्रियो एक खर्ब रेमिट्यान्स

मेरोन्यूज २०७९ चैत २८ गते १५:०९

काठमाडौँ । पछिल्लो एक महिनाको अवधिमा एक खर्ब चार अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले उक्त रकम पठाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । जसमा एक खर्ब चार अर्ब रेमिट्यान्स भित्रिएको जनाएको हो ।

चालु आवको फागुनसम्म कूल सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम ६ अर्ब नौ करोड पुगेको छ ।

प्रतिक्रिया