सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र, अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर
मेरोन्यूज
२०८२ चैत १३ गते १०:२०

काठमाडौँ । नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाह छलफलमा छन्।
शुक्रबार दिउँसो १२ः३४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएकाे छ ।
अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जनाएको छ ।
यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् ।
यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन । सभामुखमा डीपी अर्यालको नाम टुंगो लागेको छ ।
सम्बन्धित
















यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया