आइतबार, मंसिर ७, २०८२

चलचित्र ‘नाइँ नभन्नु ल ६’को रिजिल रोकियो

मेरोन्यूज २०७९ चैत २८ गते १६:५६

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो ।

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको स्राेतले जनाएकाे छ । अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्ने बताइएकाे छ ।

विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड ले जनाएकाे छ ।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिएन।

प्रतिक्रिया