साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान

काठमाडौँ । हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानको हालै बसेको बैठकले यस वर्ष सो स्मृति पुरस्कार साहित्य सन्ध्यालाई प्रदान गर्ने निर्णय गरेको हो । २०३९ सालमा स्थापना भई हालसम्म ४३८ वटा नियमित मासिक कार्यक्रम गरिसकेको छ ।
युद्ध प्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि सो पुस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रिता न्यौपाने पहारीले बताइन् ।
‘२०४६ साल अघिको कसिदो राजनीतिक वातावरणमा प्रजातान्त्रिक आन्दोलनमा सिर्जनात्मक स्वर मुखरित गर्न युवा कविहरुलाई अभिप्रेरित गर्ने मञ्चको रुपमा स्थापित संस्था र अनुभवी पुस्ताबाट प्रशिक्षित हुँदै नयाँ पुस्तालाई प्रेरणा दिने कार्यशालाको रुपमा विकसित संस्था भएकाले यस वर्ष हेमराज पहारी स्मृति पुस्कार साहित्य सन्ध्यालाई दिने निर्णय भएको छ’, संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संस्था स्वंयले २०४२ सालदेखि पुरस्कार स्थापना गरी स्रस्टाहरुलाई सम्मान गर्दै आएको र नेपाली साहित्यको उन्नयन र विकासमा चार दशकदेखि समर्पित संस्थाको थप उन्ननयको कामना गर्दछ ।’
साहित्यकार, समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले एक लाख राशीको सो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दे आएको छ ।
यसअघि यो पुरस्कारबाट संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद दाङ र स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोक कवि अलि मिया तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन् । पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलाद्र्धको एक फन्को’ नियात्रा प्रकाशित र केही गितहरु प्रकासित भएका छन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया