सोमबार, माघ १९, २०८२

बैतडीको दोगडाकेदारमा युवकको हत्या

मेरोन्यूज २०८० वैशाख ३ गते ८:२५

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ । अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ ।

थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलमा पुगेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया