राजकुमार राव र श्रद्धा कपूरले गरे ‘स्त्री २’काे घोषणा

काठमाडौं । भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूरले ‘स्त्री २’ काे सिक्वेल घोषणा गरेका छन् ।
उनीहरूले १२ अप्रिलमा एक कार्यक्रमकाबीच आफ्नो फिल्म ‘स्त्री’ को सिक्वेलको औपचारिक घोषणा गरेका हुन् ।
सन् २०१८ मा आएको राजकुमार राव र श्रद्धा कपूरको हरर कमेडी फिल्म ‘स्त्री’लाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा राजकुमार राव र श्रद्धा कपूरको अभिनयले दर्शकलाई निकै मोहित बनाएको थियो ।
दर्शकको अथाह माया र साथकाबीच उनीहरूलाई फेरि हँसाउन र डराउनको लागि ‘स्त्री २’ लिएर फर्किएको अभिनेता राजकुमार बताउछन्।
फिल्म ‘स्त्री’ को अन्तिम दृश्यले दर्शकलाई अन्योलमा पारेपछि दर्शकको मनमा प्रश्न उठेको छ । यसको जवाफ फिल्मको दोस्रो भागमा पाउन सकिने उनले बताए । ‘स्त्री २’ को रिलिज मिति सार्वजनिक भएपनि दर्शकले याे हेर्न लामो समय कुर्नुपर्नेछ । फिल्म २०२४मा रिलिज हुने बताइएको छ ।
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया