अश्लिल गित किन बनाएको भनि साेध्दा हनी सिंहले भने- त्यसो भए विवाहमा किन बोलाउँछाै ?

भारतीय गायक हनी सिंहका गीतका शब्दलाई लिएर निकै आलोचना भइरहेकाे छ । उनका गीतले नकरात्मकतालाई बढावा दिएको आरोप पटकपटक लाग्ने गरेको छ । आफ्नो नयाँ एल्बम लिएर जनतालाई मनोरञ्जन दिन आएका हनीलाई यसबारे सोध्दा उनले आफूले जानाजानी कहिल्यै त्यस्तो नगरेको बताए ।
भारतीय मिडिया पिंकभिलासँग कुरा गर्दै हनीले आफ्ना गीतको ‘भद्दा लिरिक्स’ बारे जवाफ दिएका छन्। उनले भने, ‘मैले जानाजानी यस्तो लेखेको हाेइन । मेरा गित नराम्रा हुन् भने मानिसहरू किन सुन्छन् ? यदि मेरो गीतमा अश्लिल छ भने मलाई किन छोरीको बिहेमा प्रस्तुति दिन बोलाउँछन् ?’ उनले प्रश्न गरेका छन् ।
हनीले आफ्नो कुरा राख्दै ‘करण अर्जुन’को ‘मुझको राना जी माफ कर्ना’ गीत पनि भद्दा भएकाे उल्लेख गरेकी छन् । तर त्यतिबेला यो गीतप्रति जनताको कुनै आपत्ति नभएको उनले बताए । हनीले भने, ‘मानिस जति धेरै पढ्दैछन्, त्यति नै संवेदनशील भएका छन् । उनीहरुले गलत बुझिरहेका छन् । पहिलेका मानिस धेरै बौद्धिक थिए, बौद्धिक हुनु र शिक्षित हुनुमा फरक छ।’
हनीले आफ्नो शारीरिक र मानसिक अस्वास्थ्यताका कारण सन् २०१५ देखि संगितबाट ब्रेक लिएका थिए। तर बिस्तारै उनी संगीतमा फर्किएका छन् । छिट्टै नै उनकाे ‘इन्टरनेशनल भिलेजर’ र ‘देसी कलाकार’ पछि हनीको तेस्रो एल्बम ‘हनी सिंह ३.०’ रिलिजको तयारीमा छ ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया