दयाहाङ र मिरुनाकाे ‘जारी’ले चार दिनमा कति कमायाे ?

काठमाडौं । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र जारीले बक्सअफिसमा चारदिन पार गरिसकेको छ । फिल्मले चारदिनमै ६ कराेड माथिकाे कमाइ गरेकाे छ । दया हाङ राइ, मिरुना मगर, विजय बरालको मुख्य भुमिका रहेको फिल्म नेपालभरिबाट झन्डै १० दर्जन भन्दा बढि हलहरुबाट एकसाथ प्रदर्शनमा आएको थियाे ।
फिल्मले पहिलो दिन आक्रामक ओपनिङ गर्दै दुई करोड १५ लाख रुपैयाँकाे हाराहारीमा ग्रस कलेक्सन गरेको थियाे । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि छ ।
जारी प्रथाको कथाबस्तुमा आधारित चलचित्रकाे ‘ओर्ड अफ माउथ’ पनि निकै सकरात्मक आइरहेकाले दिन प्रति दिन हलमा दर्शकको घुँइचो बढिरहेको छ । चलचित्रले तेस्रोदिन लगभग एक कराेड हाराहारीमा कमाइ गरेको बताइएकाे छ । त्यस्तै चौथो दिन ६० देखि ७० लाख हाराहारीको ग्रस कलेक्सन गरेकाे जानकारी प्राप्त भएकाे छ। निर्माण टिमले भने अहिले सम्म आधिकारीक कमाई सार्वजनिक गरेको छैन ।
फिल्मले पाँचौ दिन पनि राम्रै कमाई गर्ने देखिएको छ । एड्भान्स बुकिङ पनि हाउसफुल छ । लगभग दुइ करोडमा निर्माण भएको यो फिल्म लगानि सुरक्षित गर्दै सुपरहिट साबित भइसकेको छ ।
स्वदेशमा उत्कृष्ट कमाइ गरिरहेको जारी अमेरिका, युरोप र अष्ट्रेलियामा वैशाख १ गतेदेखि नै प्रदर्शनमा आइरहेको छ ।
















नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया