‘पठान’लाई ३३३ करोड नाफा हुँदा शाहरुखले लिए २०० करोड

काठमाडाैं । जनवरी २५ मा रिलिज भएको शाहरुख खानको थ्रिलर फिल्म ‘पठान’ले बक्स अफिसमा सफलता हासिल गरेर इतिहास रच्यो। ४ वर्षको अन्तरालपछि फिल्ममा फर्केका शाहरुख खानले हिन्दी सिनेमालाई पठानको रूपमा अल टाइम ब्लकबस्टर फिल्म दिए । फिल्ममा उनी अलावा दिपिका पादुकाेण र जाेन इब्राहम मुख्य भूमिकामा देखिएका थिए ।
फिल्मको कुल बजेट २७० करोड रुपैयाँ भारु थियो। फिल्मले भारतीय बक्स अफिसमा मात्र कुल ५४५ करोड रुपैयाँ भारू कमाएको छ भने विदेशमा ३९६.०२ करोड रुपैयाँ कमाएको छ ।
भारतीय मिडियाका अनुसार चलचित्रले स्याटेलाइट र डिजिटल अधिकारबाट १५० करोड रुपैयाँ भारू कमाएको छ । त्यस्तै, निर्माताले संगीत र अनुदानबाट ३० करोड रुपैयाँ पाएका छन् । समग्रमा पठानले २७० करोडको लगानीमा बनेर ६०३ करोड कमाइ गर्दै ३३३ करोड भारू नाफा जाेगाएकाे छ ।
फिल्ममा शाहरुखले कुनै पारिश्रमिक नलिएर ६० प्रतिशत सेयर रोजेका थिए । यसरी पठानको कुल कमाईमध्ये शाहरुखले करिब २०० करोड रुपैयाँ लिएका छन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया