प्रेग्नेन्ट भइन् इलियाना डिक्रुज, फ्यानले साेधे- बच्चाको पिता काे ?

बलिउड अभिनेत्री इलियाना डिक्रुज सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानका लागि तस्विर र भिडियो शेयर गरिरहेकी हुन्छिन् ।
यसैबीच इलियानाले एक पोस्ट सेयर गरेकी छिन् । जसमा उनले आफु गर्भवती भएको जानकारी दिएकी छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलमा उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ । तिमीलाई भेट्न आतुर छु मेरो डार्लिङ ।’
यो पोस्ट सार्वजनिक भएपछि उनी चर्चामा आएकी छिन् । इलियानाले अहिलेसम्म विवाह गरेको खुलासा गरेकी छैनन् । विवाहबारे खुलासा नै नगरी उनले आमा बन्न लागेकाे खबर सार्वजनिक गरेकी हुन् ।
गर्भवती भएको खबर साझा गरेतापनि उनले काे बुबा बन्न लागेकाे भन्नेबारे खुलाएकी छैनन् । यसैबीच फ्यानहरूले उनलाई विभिन्न प्रश्न सोधिरहेका देखिन्छन् । अधिकांशले बच्चाको पिता को हुन् ? भन्दै प्रश्न गरेका छन् ।
इलियाना बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले बलिउड स्टार अक्षय कुमारदेखि अजय देवगन सम्मका फिल्ममा काम गरिसकेकी छिन्।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया