सोमबार, मंसिर ८, २०८२

प्रेग्नेन्ट भइन् इलियाना डिक्रुज, फ्यानले साेधे- बच्चाको पिता काे ?

मेरोन्यूज २०८० वैशाख ५ गते १८:०६

बलिउड अभिनेत्री इलियाना डिक्रुज सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानका लागि तस्विर र भिडियो शेयर गरिरहेकी हुन्छिन् ।

यसैबीच इलियानाले एक पोस्ट सेयर गरेकी छिन् । जसमा उनले आफु गर्भवती भएको जानकारी दिएकी छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलमा उनले लेखेकी छन्, ‘छिट्टै आउँदैछ । तिमीलाई भेट्न आतुर छु मेरो डार्लिङ ।’

यो पोस्ट सार्वजनिक भएपछि उनी चर्चामा आएकी छिन् । इलियानाले अहिलेसम्म विवाह गरेको खुलासा गरेकी छैनन् । विवाहबारे खुलासा नै नगरी उनले आमा बन्न लागेकाे खबर सार्वजनिक गरेकी हुन् ।

गर्भवती भएको खबर साझा गरेतापनि उनले काे बुबा बन्न लागेकाे भन्नेबारे खुलाएकी छैनन् । यसैबीच फ्यानहरूले उनलाई विभिन्न प्रश्न सोधिरहेका देखिन्छन् । अधिकांशले बच्चाको पिता को हुन् ? भन्दै प्रश्न गरेका छन् ।

इलियाना बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले बलिउड स्टार अक्षय कुमारदेखि अजय देवगन सम्मका फिल्ममा काम गरिसकेकी छिन्।

प्रतिक्रिया