पब्जी लाइभमा सलिनमानः भन्छन्- फिल्ममा काम गर्ने रहर मरिसक्यो

काठमाडौं । अभिनेता सलिनमान बनियाँले ‘ए मेरो हजुर २’मा्र्फत फिल्म क्षेत्रमा डेब्यु गरे । पहिलो फिल्मले नै उनलाई चर्चामा ल्यायो ।
त्यसपछि उनलाई एक उदाउँदो स्टारका रुपमा हेर्न थालिएका थियाे । तर उनको दोस्रो फिल्म ‘यात्रा’ बक्स अफिसमा सफल हुन सकेन । त्यसयता सलिनमानलाई कुनैपनि फिल्ममा देखिएको छैन ।
यतिबेला उनी भिडियो गेम पब्जी खेलेर समय बिताइरहेका छन् । पब्जी लाइभमा उनी फ्यानसँग कुराकानी पनि गर्छन् । फिल्ममा फर्कनेबारे पब्जी लाइभमै उनलाई फ्यानले प्रश्न सोध्छन् । उनले फ्यानसँग गुनासो गर्दै भन्ने गरेका छन्, ‘राम्रो कथा भएको फिल्मबाट अफर नै आएन।’
नेपाली फिल्मको कथावस्तु पुरानै शैलीको रहेको भन्दै उनले आफूलाई फिल्ममा काम गर्न मन नलागेको पनि बताएका छन् । आफ्नो नयाँ फिल्म कहिले आउँछ भन्नेमा आफैलाइ थाहा नभएको बताउँदै उनले ‘ए मेरो हजुर २’ हेरेर चित्त बुझाउन समेत फ्यानलाई आग्रह गरे ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया