लेनदेनको मुद्दामा पूर्व वडाध्यक्ष ठाकुर पक्राउ
महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् ।
विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर १२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।
लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया