बढुवा भएका १३ डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
गत चैत २९ गते बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजी पदमा बढुवा भएका १३ डिआइजीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
डिआइजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुनचन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृह मन्त्रालयलगायत नेतृत्व तह प्रहरी सङ्गठनलाई सुधार, सुदृढीकरण र सबलीकरण गर्न प्रतिबद्ध रहेकाले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने बताए ।
उनले पदोन्नति भएका प्रहरी अधिकृतले आफूले प्राप्त गरेको पदीय जिम्मेवारीलाई अझ फरक ढङ्गले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने बताए । नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सीमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्नु पर्ने उनको भनाइ थियो ।
आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने उनले बताए । उनले तस्करी, सीमा अपराध र राजस्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नु पर्ने बताए ।
पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नु हुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानून, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म सङ्गठनको श्रीवृद्धिमा समर्पित हुने बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया