सोमबार, चैत ३०, २०८२

ट्विटरले ‘ब्लू टिक’ हटाएपछि अमिताभ बच्चनले भने- हात जोडिसके, अब के खुट्टा जाेडाैं ?

मेरोन्यूज २०८० वैशाख ८ गते १६:४५

काठमाडाैं । ट्विटरले अप्रिल २० बाट आफ्नो प्लेटफर्मबाट प्रमाणित प्रयोगकर्ताहरूको ब्लू टिक हटाइदिएको छ। ट्विटरले ब्लु प्लान नकिन्ने व्यक्तिको मात्र खाताबाट निलो टिक हटाएको जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

ट्विटरले विराट कोहली, रोहित शर्मा, अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता धेरै सेलिब्रेटीहरूको ट्वीटर अकाउन्टबाट पनि ब्लू टिक हटाइदिएको छ ।

आफ्नो अकाउन्टको ब्लू टिक हटाइएपछि सेलिब्रेटीहरुले प्रतिकृया दिइरहेका छन् । यसैबीच बलिउडका अभिनेता अमिताभ बच्चनले ट्विटरसँग निलो टिक फिर्ता मागेका छन् । उनले रमाइलो ढंगले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ए ट्विटर भाइ ! सुनिरहनुभएकाे छ ? अब मैले रकम पनि भरिसके… त्यसैले त्यो निलो टिक हुन्छ नि, मेराे नामकाे अगाडि, त्याे लगाइदिनुस, ताकि मानिसहरूलाई थाहा होस् कि म नै अमिताभ बच्चन हाे… मैले हात जोडिसके, अब के खुट्टा जाेड्नु पर्छ ?’

पहिले खाता प्रमाणीकरण र ब्लु टिक खरिद गर्नु पर्दैनथ्याे । अहिले एलोन मस्कले प्रिमियम ग्राहकहरूको लागि मात्र सदस्यता योजनामा ​​ट्विटरको ब्लू टिक समावेश गरिदिएको छ।

प्रतिक्रिया