पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना
मेरोन्यूज
२०८० वैशाख ८ गते २१:२४

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँ दिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन संवाद गरी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको उनको प्रेस संयोजन गरिरहेका सोम राईले जानकारी दिए ।
राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए । उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया