७० लाख चोरी गर्ने ‘खल्ती’ का दुई कर्मचारीविरुद्ध मुद्दा नचल्ने

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’का दुई जना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।
सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’का कर्मचारीलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरूविरुद्ध ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।
पक्राउ परेकाहरूले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरूले सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।
उनले भने, “मुलुकी फौजदारी कार्यविधिसंहिता ०७४ को दफा (१७) अनुसार मिलापत्र भएको छ ।” गएको चैत पहिलो साता ब्यूरोले कार्की र स्वाँरलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
















दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
ओलीको पक्राउपछी आन्दाेलनका कार्यक्रम घाेषणा गर्न एमालेले बोलायो आकस्मिक बैठक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया