महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरेको हो ।
२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया