समूह चरणको अन्तिम खेलमा नेपालको खराब ब्याटिङ

काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह ‘ए’ को अन्तिम खेलमा खराब ब्याटिङ गरेको छ। ८४ रनमै ६ विकेट गुमाएको छ । नेपालले २० ओभरको अन्तिम बलमा छैँटौँ विकेट गुमाएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७.१ ओभरमा सुरुवाती पाँच विकेट गुमाइसकेको छ।
नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रन बनाएर आउट भए ।
ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए । कप्तान रोहितकुमार पौडेल २७ रन बनाएर आउट भए । १५.३ ओभरमा रोहित आउट हुँदा नेपालले ४ विकेटको क्षतिमा ६२ रन बनाएको स्थिति थियो।
कुशल मल्ल पाँचौ विकेटको रुपमा १७.१ ओभरमा ३ रन जोडेर आउट भए ।
बलिङमा कतारका मुनवीरा र ओवाइस अहमेदले २.२ विकेट लिएका छन्।
समूह चरणमा अपराजित नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
नेपाल र साउदी अरेबियाबीचको मुलपानी मैदानमा तय भएको तेस्रो खेल वर्षाका कारण रद्द भएको थियो। रद्द भएर अंक जोडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो।
यो समूहबाट नेपालबाहेकका अरु खेलमा जित निकालेको ओमान ६ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ। ५ अंक जोडेको नेपालले पनि सेमिफाइनलमा स्थान पक्का गरेको अवस्था छ।
आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।
समूह ुबीु बाट युएई अन्तिम चारमा पुगेको छ। आज हङकङ र कुवेतबीचको खेलपछि अन्तिम चारमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ। नेपालले आजको खेलमा जित हात पारे यो समूहका उपविजेतासँग खेल्नेछ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया