केपी ओलीमाथिको दुर्व्यवहारबारे एमालेद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेले मुलुकको पछिल्लो शान्ति सुरक्षाबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुर्व्यवहारको प्रयास र काठमाडौँ वडा न. ६ सरस्वतीनगरमा एक जना महिलाको हत्या भएको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
नेता भट्टराईले गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष ओलीमाथि दुर्व्यवहारको प्रयास गर्नेलाई छिटोभन्दा छिटो कानूनी दायरमा ल्याएर कारवाहीको माग गरे ।
उनले अध्यक्ष ओली आफ्नो गृह जिल्ला जाँदा गरिएको दुर्व्यवहार सम्बन्धमा गृहमन्त्री श्रेष्ठसँग आपत्ति जनाएको समेत बताए ।
यसैगरी काठमाडौँ महानगरपालिका ६ सरस्वतीनगरमा यही वैशाख ७ गते दिनदहाडै एक जना महिलाको हत्या गरिएको सम्बन्धमा चाँडै सत्यतथ्य ल्याउनसमेत मन्त्री श्रेष्ठसँग माग गरिएको उनले बताए ।
नेता भट्टराईका अनुसार भेटमा गृहमन्त्री श्रेष्ठले एमाले अध्यक्ष ओलीमाथि दुर्व्यहार गर्नेलाई खोजी कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
“गृहमन्त्रीले दुवै विषयलाई गम्भीरतापूर्वक लिनु भएको छ । कानून हातमा लिनेलाई मेरै पार्टीका व्यक्ति भए पनि छुट दिने छैन भनेर हामीलाई वचन दिनु भएको छ”, नेता भट्टराईले भने ।
गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीमाथि हिजो बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उछृङ्खल समूहबाट दुर्व्यवहारको प्रयास भएको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया