एकसाथ भिड्दै ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’

काठमाडौं । शुक्रबारदेखि हलमा तीन नयाँ फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमा ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म रहेका छन् । यि सँगै चलचित्र ‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ ।
विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ मा आशिर्वाद बराल र आँचल शर्माको मुख्य भूमिका रहेको छ । २ घण्टा ५ मिनेट लामो यो फिल्ममा किशोर र तन्नेरी पुस्ताको प्रेम र परिवारको कथावस्तु राखिएको छ । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, सरोज खनालको पनि अभिनय छ ।
सुदर्शन थापा निर्देशित ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट फिल्म सुरु छ । पात्र मात्र परिवर्तन छन् । यसै साता काठमाडौंमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।
सनम कुमार वैरागी निर्देशित ‘कैदीको पत्र’ फिल्म प्रेम र रोमान्सको कथामा निर्माण भएको फिल्म हो । जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई फिल्मले कथा बनाएको छ । कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापाको शीर्ष भूमिका रहेको फिल्मले बेलायतको नेपाली समुदायमा भएको त्रिकोणात्मक सम्बन्धमा आउने उतारचढावको कथा देखाउँछ ।


















५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
कांग्रेसले बोलायो अनुशासन समिति बैठक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया