बेरोजगार भएपछि भौतारिए, निरूको हत्या गरी लुटेको सिक्रीबाट फोन किने
मेरोन्यूज
२०८० वैशाख १७ गते १६:१७

काठमाडौँ । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल राख्दै आएकी निरु भन्ने नीरा पाण्डेको हत्या आरोपी विनोद विकलाई सार्वजनिक गरिएको छ । प्रहरीले आज दिउँसो उनलाई सार्वजनिक गरेको हो ।
हत्यामा प्रयोग भएको चक्कु मनोहरा खोलामा फ्याकेको विकले बयान दिएका छन् । झापाको धुलाबारी १० घर भएका उनी वैशाख ७ गते दिउँसो निरुको हत्या गरी १४ गते घर गएका थिए ।
निरुबाट लुटिएको करिब एक लाख रुपैयाँ बराबरको सिक्री वैशाख १३ तारकेश्वरको पाथीभर ज्वेलर्समा बेचेपछि उनले आफ्ना लागि फोन किनेका थिए । उनले १० हजारको नयाँ मोबाइल किनेका हुन् ।
ठमेलमा बाउन्सरको जागिर छाड्नु परेपछि उनी बेरोजगार थिए । त्यही कारण उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको कोठामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार निरुको हत्याका क्रममा रगत लागेको सर्ट लोकन्थलीस्थित साथीको घरमा भेटिएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया