रंग खुईलिँदै गएपछि माओवादी ब्रान्ड फेर्न खोजिएको छ

माओवादी धाराका पार्टीहरुले नै पार्टीको नाममा रहेको माओवादी ट्याग अहिले छोडन थालेका छन् । किन छोडन थाल्नुभयो ? भन्दा यसलाई दुई कोणबाट हेुर्नपर्ला । एउटा ब्यवहारिक पक्ष र अर्काे सैद्धान्तिक पक्ष । ब्यवहारिक पक्षबाट हेर्दा माओवादी नाम अहिले समाजमा नेगेटिभ विम्बका रुपमा स्थापित गराईएको छ । माओवादी भनेको लुटपाट, भष्टाचार, ब्यक्तिगत स्वार्थमा मात्रै लिप्तहरुको पार्टी हो भन्ने विम्वको रुपमा स्थापित गरिएको छ । र हिजो जनयुद्ध पनि त्यसैका लागि गरिएको भने जसरी स्थापित गरिएको छ । त्यसको सामना गरेर, फेस गरेर समाजमा जान हाम्रा नेताहरुले सकेनन् ।
विप्लवले पार्टीको नामबाट माओवाद छोडने बेलामा आन्तरिक संश्लेषण त्यही गरेर छोडेका थिए भन्ने छ । प्रचण्ड दिशाविहिनताको अवस्थामा देखिनुहुन्छ । हाम्रोमा पनि नाम फेर्ने कुरा आएकै छन् ।
किरणहरुले सारमा के भनेर छोडेका छन्, त्यो आउला क्रमशः तर उहाँहरुले पनि छोडनुभयो ।
दोस्रो नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको भन्ने संश्लेषणका सम्वन्धमा त्यससँग सान्र्दभिकता सम्पन्न भएपछि पनि कतिपय अवस्थामा नाम फेरिन सक्छन । प्रचण्डले नयाँ जनवादी क्रान्ति सम्पन्न भईसकेको बताएका छन् । यो सन्र्दभमा एउटा होला । तर किरण कमरेडहरुले अझै जनवादी क्रान्ति सम्पन्न भएको भन्ने स्वीकारेका छैनन । त्यसअर्थमा किरणहरुले किन नामबाट माओवादी हटाए फेरि त्यो हेर्न बुझन बाँकी छ । तर जहाँसम्म किरण पार्टीभित्र माओवाद भन्दा विचारधारा भन्ने रामसिंह श्रीषहरुको एकता हुँदा नै किरणहरु संख्यात्मक रुपमा विचारधारा खेमाको घेराबन्दीमा थिए भन्ने थियो । त्यसको पनि केही असर त्यहाँभित्र परयो की त ।
संसारभर कम्युनिष्टहरु ओरालो लागेका बेला माक्र्सवाद, लिलनवाद छोडने लहर चल्छ । यूरोपतिर समाजवादी पनि छोडेर अहिले ग्रीन पार्टीहरु जन्मिन थालेका छन् ।
सारमा म यसलाई रंग खुईलिँदै गएपछिको अभिब्यक्तको रुपमा टिप्प्णी गर्न रुचाउँछु ।
(कुराकानीमा आधारित)















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया