नेपालले युएईबाट पायो ११८ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी प्रिमियम कपकम सहभागी हुने यात्रा तय गर्न यूएईबाट ११८ रनको लक्ष्य पाएको छ । फाइनल खेलमा युएईले ३३ ओभर एक बलमा अलआउट हुँदै ११७ रन बनायो । सोमबारको खेल वर्षाका कारण रोकिएपछि बाँकी खेल आज भएको थियो ।
सोमबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएपछि वर्षाले रोकिएको थियो ।
नेपालले आक्रामक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण खेल रोकिएको थियो ।
खेल पुनः सुचारु गरिए पनि वर्षा भएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो ।
नेपालका लागि ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुल्सन झाले भने १–१ विकेट लिएका छन् । नेपाल टस हारेर हिजो बलिङमा गएको थियो ।
मंगलबार २७.३ बाट ब्याटिङ सुरु गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अलआउट भयो । मंगलबार अन्तिम विकेटको रुपमा युएईका जुनइद शिद्धिकीलाई १० रनमा नेपालका ललितनारायण राजवंशीले कुशल भुर्तेलबाट क्याच गराए।
सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे। उनलाई आठौं विकेटको रुपमा नेपालका ललितले आरिफ शेखबाट क्याच गराए। लगत्तै अर्को बलमा ललितले जहूर खानलाई शून्यमा आउट गरे।
त्यसअघि सन्दीप लामिछानेले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए। त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए। वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे।
यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए। वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे। रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे।
















पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया