इन्द्रजित राई पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । उनलाई बिहान काठमाडौं प्रहरीले ललितपुर प्रहरीको सहयोगमा ललितपुरको ठेचो भन्ने स्थानबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भन्दै आरोप राईमाथि छ । राई बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा सल्लाहकार थिए।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यस घटनामा प्रहरीले यसअघि सागर राई, केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अमेरिका पठाइदिने प्रलोभन पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप राईलगायत पक्राउ परेकामाथि छ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया