शुक्रबार, वैशाख १८, २०८३

राष्ट्रपति पौडेलले भारतमा गरेको उपचारको खर्च आफैं व्यहोर्ने

मेरोन्यूज २०८० वैशाख १९ गते १२:५१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्ने भएका छन् ।

Advertisement
NiccNicc

राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफै ब्यहोर्न चाहेको उल्लेख गरेका छन् ।

प्रेस नोटमा लेखिएको छ, ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका लागि गएका थिए । त्यहाँ ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया