अरुण तेस्रोको सुरुङमा ढुंगा खसेर लाग्दा मजदुरको मृत्यु

संखुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट–२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुंगा खसेर लाग्दा सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गएराति मकालु–५ आमाराङमा सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका राईको उपचारका क्रममा आज बिहान सङ्खुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको हो । सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा भारतको गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीया साइमुदिन अली रहेका छन् ।
घाइते वलिताको दाहिने खुट्टा र घुँडामा चोट लागेको छ भने अलीको खुट्टा र हातमा चोट लागेको छ । दुवैजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
अरुण तेस्रो जलविद्युत्को आयोजनास्थलमा स्वास्थ्य संस्था नहुँदा उपचारको समस्या भएको छ । मजदुरलाई चोटपटक लागेर घाइते भए समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था छ । आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भए पनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् । विद्युत्गृहस्थलमा ‘पटेल इञ्जीनियरिङ’ र ड्यामसाइडमा ‘जयप्रकाश एशोसिएटस् कम्पनी’ले काम गरिरहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउने बताइएको छ ।

















रवीन्द्र मिश्रले दिए रञ्जु दर्शनालाई बधाई
कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
झापा– ४ मा रास्वपाको अग्रता
इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण
कैलाली ३ मा मतगणना सुरु
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया