सोमबार, मंसिर १५, २०८२

आईपीएलमा मुम्बइसँग पञ्जाब ६ विकटले पराजित

मेरोन्यूज २०८० वैशाख २१ गते ६:३५

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

गयराति भएको खेलमा मुम्बईले ञ्जाव किंग्सले दिएको २१५ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरी आईपीएलमा पाँचौं जित दर्ता गरेको हो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ३१ बलमा ६६ र इशान किशनले ४१ बलमा ७५ रन बनाए ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए । जितसँगै मुम्बई अंक तालिकाको छैठौंमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ३ विकेट गुमाएर २१४ रन बनाएको थियो । पञ्जावका लागि लियाम लिभिङस्टोनले ८२ र जितेश शर्माले ४९ रन बनाए ।

पञ्जावका लागि नाथन एलिसले २ र ऋषि धवनले तथा अर्शदीप सिंहले एक, एक विकेट लिए ।

प्रतिक्रिया