प्रचण्डमाथी ओलीको आक्रोश
मैले दबाव दिएको जस्तो प्रधानमन्त्रीको इन्टरप्रिटेसन आयो, सही कुरा बोल्नुपर्दैन ?
प्रधानमन्त्रीले हिरोइजमको व्यापार गर्ने होइन, उहाँ हिरोइजमको व्यापार गरिराख्नुभएको छ । वाह क्या दुबोको माला लगाएर हिरो !

कसैले भन्न सक्छ, केही करप्सनका कुरा आउन सक्छन् । कसैले कहीँ करप्सन गर्न सक्लान् पनि । व्यक्तिगत तबरमा कहिँ कसैले करप्सन गर्यो भने करप्सनप्रति एमालेको समर्थन नरहने मात्र होइन, त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै टोलरेट गर्दैन । तर एमालेका विरुद्ध तथाकथित यसलाई पनि तान, उसलाई पनि तान भनेर निर्देशन दिने खालका कुराहरु हुन्छन् भने भ्रष्टाचार छोप्ने कुरा, भ्रष्टाचारीलाई लुकाउने कुरा, कसैलाई खेदी खदी हत्कडी लगाउने, कसैलाई लुकाउने कुरा, कसैलाई सोधपुछ नै नगर्ने कुरा, कसैलाई संरक्षण गर्ने कुरा, कसैको नाम आएपछि मुद्दै गुपचुप गर्न पक्राउ परेकै मान्छे छोड्ने कुरा, अलिपछि उजुरबाजुर परेपछि बाध्यताले समाउने कुरा र त्यो एमालेतिर लक्षित गर्ने दुस्साहस यदि कसैले गर्छ भने त्यसको जवाफ एमालेले दिन्छ ।
प्रधानमन्त्रीले मलाई बोलाउनुभयो । म पाँचथरमा हुँदा फोन गर्नुभएको थियो । उहाँले ममाथि ढुंगा हानिएको कुरा, हिंसात्मक गतिविधि भएको आदि कुरामा किञ्चित दुखमनाउ गर्नु भएन । शेरबहादुर देउवाजीले फोन गर्नुभयो । तपाईमाथि त्यस्तो अभद्र व्यवहार गरिएकोमा दुख लागेको छ, यस्तो नहुनुपर्ने थियो, सरकारले यस्ता कुराहरु रोक्नुपर्छ, म पनि सरकारसँग कुरा गर्छु । यो त भएन भनेर शेरबहादुरजीले सहानुभूति देखाउनुभयो ।
कसैको बारेमा उहाँ किन चुँ बोलिरहनु भएको छैन ? कसैको बारेमा उहाँ यति चम्किएर लाग्नुभएको छ ? अहिले म भनिहाल्दिनँ ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ, ककसलाई उम्काऊ भन्ने निर्देशन छ, त्यसबारे पछि कुरा गरौंला । तर प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन प्रचण्डजी । तर प्रधानमन्त्रीले फोन गर्नुभयो, उहाँका राजनीतिक स्वार्थका कुरा गर्नुभयो । तपाईमाथि यस्तो भएन, राम्रो भएन भनेर सहानुभूतिको एक शब्द पनि बोल्नुभएन । भेट्नु थियो भन्नुभयो, मैले म फलानो दिन काठमाडौं फर्किन्छु अनि भेटौंला भनेँ ।

आएपछि उहाँले फोन गर्नुभयो । अलिक छोटो समय राखेर फोन गरेपछि मैले भनेँ, यति समयमा त के कुरा हुन भ्याइएला र ? तर उहाँले एकछिन भएपनि कुरा गरिहालौं भन्नुभयो । त्यो २१ (वैशाख) गते थियो, भोलि ३ बजे बस्ने भन्नुभयो । उहाँले लुम्बिनीबाट १ बजेतिर फोन गर्नुभयो । ३ बजे म नआइपुग्ने भएँ, भोलि ११ बजे बसौं भन्नुभयो । हुन्छ भने र ११ बजे म गएँ र, हाम्रो २ घण्टा विभिन्न विषयमा कुरा भयो ।
स्वभाविक रुपमा भ्रष्टाचारको कुरा आइराखेको छ, त्यस सम्बन्धमा मैले प्रधानमन्त्रीलाई सोधेँ, के भइरहेको छ ? भ्रष्टहरु नछुटुन् । भ्रष्टहरु नछुटुन् भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ, किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र फसाउने प्रयासमा हुनुहुन्छ । त्यसकारण मैले समयमै प्रधानमन्त्रीलाई भनेको छु, निर्दोषलाई फसाउने कोशिस नहोस्, कोही पनि भ्रष्टाचारी नछुटुन् ।
प्रधानमन्त्रीले बाहिर निस्किएर मानिलिउँ, पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली जनताले चिनेकै छैन जस्तो गरेर सेतो बस्त्र, दूधले नुहाएको, पवित्र अवतारका साथ उहाँ मिडियाका अगाडि निस्किनुभयो । पवित्र अवतार ! चोखो अवतार ! भ्रष्टलाई छोड्दिनँ, कसैले भनेको मान्छु ? के उहाँले बोलाएको मलाई दबाव दिने कुरा गर्न हो र ? मैले उहाँलाई दबाव दिएको थिएँ र ?
कुनै दबाव दिएको छैन भन्नुपर्छ नि प्रधानमन्त्रीले । सही कुरा बोल्नुपर्दैन रु उहाँले दबाव दिएको हो भन्दा कसैले दबाव दिएर म मान्छु रु कसैको दबावका अगाडि झुक्छु भन्नुभयो, यसको अर्थ मैले दबाव दिएको जस्तो । उहाँको इन्टरप्रिटेसन त्यो भयो ।प्रधानमन्त्री भएर बोल्न जानेको होइन भनौं भने दुनियाँ लट्पट्याउ, झुक्याउन, छक्याउन सिपालु हुनुहुन्छ । कसरी जान्नुहुन्न बोल्न रु जान्नुहुन्छ भने उहाँले मैले गएर उहाँलाई मान्छे छुटाउन दबाव दिएँ, दोषीलाई उम्काउन दबाव दिए, दोषीलाई कारबाही नगर्न दबाव दिए भने जस्तो हिसाबले प्रधानमन्त्री कहाँ आएर कसैले भन्न सक्छ रु मसँग कसैले भ्रष्टाचारीलाई छोड्दे भन्न सक्छ भन्ने धाक लगाउनुभयो । मानिलिउँ, नेपाली जनताले प्रचण्डजीलाई चिनेकै छैन । उहाँ त चिनेजानेकै मान्छे हो नि । त्यसपछि उहाँ जानुभयो, कार्यकर्ताले दुबोको माला लगाइदिएपछि दुलाहा जस्तो देखिएर सुरु गर्नुभयो, यो त ट्रेलर मात्र हो, फिल्म आउँदैछ ।सिंगै फिल्म हेर्नुहोला ।
म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईंको सिनेमा हलमा फिल्म कहिलेदेखि लाग्छ, अन्त त धुमधाम भइसक्यो त । सबैतिर सिनेमा चलेको छ प्रचण्डजी, तपाईंको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा । सधैं ट्रेलर मात्र किन प्रचण्डजी, सिनेमा चलाउनुस् न तपाईंको हलमा, हल किन रित्तै ? किन ताला लागेको छ तपाईंको हलमा रु सञ्चार माध्यम, सञ्चार माध्यममा फिल्म आइरहेको छ, किन चुप हुनुहुन्छ ? अनि मलाई बोलाएर भेट्ने, त्यसपछि यो त ट्रेलर मात्र हो, फिल्म देखाइदिन्छु भन्ने, देखाउनु त फिल्म ।
त्यस प्रोग्राममा उहाँले पुसको महिनामा हामीलाई चिसो भुइँमा बसाएँ भन्ने ? भ्रष्टाचारको काण्ड छ, मण्डलामा मैले बसाइदिएको कि आफैं बस्न गएको ? आफू गएर बस्ने अनि त्यो भन्ने ? जे होस्, अहिले फेरि उहाँसँग मेरो संवैधानिक परिषद्मा भेट हुँदैछ । म त्यहाँ जानुपर्नेछ, उहाँलाई म आज पनि सोध्नेवाला छु, फिल्म कहिले सुरु हुन्छ ? कसैको बारेमा उहाँ किन चुँ बोलिरहनु भएको छैन रु कसैको बारेमा उहाँ यति चम्किएर लाग्नुभएको छ ? अहिले म भनिहाल्दिनँ ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ, ककसलाई उम्काऊ भन्ने निर्देशन छ, त्यसबारे पछि कुरा गरौंला । तर प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन प्रचण्डजी ।
र, प्रधानमन्त्रीले यस्ता भ्रष्टचारका काण्डहरुको छानबिन दृढताका साथ गराउनुपर्छ । हिरोइजमको व्यापार गर्ने होइन । उहाँ हिरोइजमको व्यापार गरिराख्नुभएको छ । वाह क्या दुबोको माला लगाएर हिरो । त्यसकारण यो व्यापार गर्ने होइन, स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीले, छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्यो । प्रतिपक्षका विरुद्ध होइन, दोषीका विरुद्ध उभिने हिम्मत देखाउनुस् त । म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु, दोषीका विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन । तपाईहरुलाई म आश्वस्त पार्न चाहन्छु, हाम्रो पार्टी कसैको पनि दोष, कसैको पनि अपराधलाई ढाकछोप गर्न चाहँदैन र कोही पनि दोषीलाई बचाउ गर्ने पक्षमा छैन ।
भ्रष्टाचार कसैले गर्छ भने जान्छ, तर एमालेका विरुद्ध षड्यन्त्र हुन्छ भने १९ पृष्ठ लामो मेरा विरुद्ध आरोप लगाएर वामपन्थी आन्दोलनलाई ध्वस्त पार्ने, पार्टी फुटाउनेहरु हामीले चिनेका छौं । त्यत्रो पार्टीमाथि प्रहार गर्नेहरुले अहिले फेरि विभिन्न खालका दाउ गर्दैनन् भन्न सकिँदैन । त्यसो हो भने मुकाबिला हुनेछ, म त्यो कुरा भनिदिन चाहन्छु ।
हामीलाई भ्रष्टाचारीलाई जोगाउनुपर्ने छैन । तर वास्तवमा प्रमाणले तानिनुपर्छ । अस्ति नै गिरफ्तार भइसकेपछि किन मान्छे छोडिए ? किन मुद्दा स्थगित गरियो रु अब अहिले बयान हेरफेर के के हुँदैन ? प्रधानमन्त्रीजी, गृहमन्त्रीजीलाई म भन्न चाहन्छु, तपाईंहरु प्रहरीलाई दबाव नदिनुस् । प्रहरीलाई दबाव दिएर अनेक प्रकारका क्रियाकलाप गर्न नलगाउनुस्, निष्पक्ष छानबिन गर्न दिनुस् । दोषीलाई न्यायको कठघरामा उभ्याउनैपर्छ, निर्दोषलाई फसाउने कोसिस गर्नुस् । त्यो तपाईहरुले सक्नु पनि हुन्न । प्रमाणले त्यो भोलि पुष्टि गर्दैन ?

तर केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । जसका विरुद्ध अगाडिदेखि उहाँहरु लागि पनि रहनुभएको छ । कसैलाई कहाँबाट अवकाश दिने र त्यस ठाउँमा कसलाई नियुक्त गर्नेसम्मका षड्यन्त्र हामी पनि अलिअलि सुन्छौं, हाम्रा पनि दुईटा कान छन् । हामी पनि सुन्छौं, कहाँ कहाँ के के षड्यन्त्र बुनिँदैछ भन्ने । त्यस खालका षड्यन्त्रहरु नगर्न म सरकारलाई सुझाव दिन चाहन्छु, चेतावनी दिन चाहन्छु ।
(पार्टीसम्वद्ध राष्ट्रिय युवा संघको बैठकलाई सोमबार गरेको सम्बोधनको प्रमुख अंश)














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया