कनिका छरे जसरी बजेट नछरौं भन्यो, तर बजेट छर्ने दबाब छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले बजेट नछारौं भन्ने आफनो सोच भएपनि आफूलाई बजेट छर्ने दबाब रहेको बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तहरुमाथी सांसदहरुले उठाएका प्रश्नहरुको बुधबार जवाफ दिँदैं अर्थमन्त्री डा महतले त्यस्तो दबाबका बारेमा संसदमा बताएका हुन् ।
सांसदहरुका आवश्यकता पनि स्वभाविक रहेको र त्यही आवश्यकताका आधारमा आफुमाथी बजेट छर्ने गरी दबाब आएको अर्थमन्त्री महतको भनाइृ छ ।
‘बजेट छर्ने रु यद्धपि अहिले पनि दबाब छ । स्वभाविकै हो हाम्रो आवश्यकताहरु थुप्रै छन् ।’ अर्थमन्त्री डा महतले भने ।
बजेटको चुनौती भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै हुनु तर, साधन र स्रोतको सिमितता रहनु रहेको डा महतले बताए । उनले भने, ‘थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पुर्ति गर्न भन्ने चुनाती छ ।’
उनले थप अगाडी भने, ‘माननीय ज्युहरुलाई पनि दाबाब छ । स्वभाविक रुपमा माग आइराखेको छ । जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको आवश्यकता छ । माग गर्नु स्वभाविक हो ।’
स्रोतको सीमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको उनले बताए । ‘सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जसरी बजेट नछरौं । एउटा गरौं, देखिने गरी गरौं । अर्को वर्ष अर्को गर्छ भन्नुको विकल्प छैन।’डा महतले भने ।
















पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया