दिल्लीलाई हराउँदै चेन्नाई दोस्रो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नाई सुपर किंग्स दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।
चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ ।
सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।
चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनायो ।
दिल्लीका लागि राइले रुसोले ३५, मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।
चेन्नाईका मथिशा पिथरनाले ३, दिपक चाहरले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।
चेन्नाईका लागि शिभम दुबेले २५, रुतुराज गाएकवार्डले २४, अम्बाती राएडुले २३ तथा रविन्द्र जडेजाले २१, अजिन्का रहानेले २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए ।
दिल्लीका मिचेल मार्शले ३, अक्षर पटेलले २, खलिल अहमेद, ललित यादव र कुलदिप यादवले १,१ विकेट लिए ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया