सोमबार, मंसिर १५, २०८२

दिल्लीलाई हराउँदै चेन्नाई दोस्रो स्थानमा उक्लियो

मेरोन्यूज २०८० वैशाख २८ गते ६:३९

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नाई सुपर किंग्स दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।

चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ ।

सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनायो ।

दिल्लीका लागि राइले रुसोले ३५, मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।

चेन्नाईका मथिशा पिथरनाले ३, दिपक चाहरले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

चेन्नाईका लागि शिभम दुबेले २५, रुतुराज गाएकवार्डले २४, अम्बाती राएडुले २३ तथा रविन्द्र जडेजाले २१, अजिन्का रहानेले २१ र कप्तान महेन्द्र सिंह धोनीले २० रन बनाए ।

दिल्लीका मिचेल मार्शले ३, अक्षर पटेलले २, खलिल अहमेद, ललित यादव र कुलदिप यादवले १,१ विकेट लिए ।

प्रतिक्रिया