सोमबार, मंसिर १५, २०८२

कोलकाता राजस्थानसँग ९ विकेटले पराजित

मेरोन्यूज २०८० वैशाख २९ गते ६:१८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित भएको छ । यशस्वी जयसवालले विष्फोटक ब्याटिङ गरेपछि राजस्थान रोयल्सले सानदार जित हासिल गरेको हो ।

बिहीबार राति भएको खेलमा राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा भेट्टायो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।

यशस्वीले १३ बलमै अर्धशतक पूरा गरेर आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड बनाएका छन् । यसअघि केएल राहुलले १४ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेस ऐयरले ५७, नितिश राणाले २२ रन बनाए ।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए ।

प्रतिक्रिया