‘टुल्की’को ट्रेलर सार्वजनिकः बहुपतिप्रथामा आधारित कथा

काठमाडौं। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार टिपिजी युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा एउटी केटीलाइ धेरै जना दाजु भाईले नै बिवाह गर्दा आइपर्ने झमेलालाई देखाउन खोजिएको छ।
‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको चलचित्रले सामाजिक यथार्थ कथा बोल्ने बताइएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो।
आरपी कर्माचार्य र शेखर लामा निर्माता रहेको फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय रहेको छ। त्यस्तै सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ ।
बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
प्रतिक्रिया