सोमबार, चैत १६, २०८२

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९ प्रतिशतले वृद्धि

मेरोन्यूज २०८० वैशाख ३१ गते ११:५३

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को तेस्रो त्रैमाससम्ममा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेकोछ जुन अघिल्लो आ.व.को सम्बन्धित त्रैमासकको अन्त्य सम्मको आधारमा ९.४० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा करिव १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढि करिव १५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ती कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिव १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ । यसै गरी चैत मसान्त सम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ । यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण भएकाे कम्पनीले जनाएको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रुपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।

समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको रुपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न बिभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

प्रतिक्रिया